दिल्लीमा नेपालीको हत्या गरेको आरोपमा लुहार जेल चलान

काठमाडौँ । जिल्ला अदालत बाजुराले हत्या आरोपित देवेन्द्र बहादुर लुहारलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । बुढीगंगा नगरपालिका -७ का मंगल सिंह भनिने मंगले लुहारको भारतको नयाँ दिल्लीमा हत्या गरेको आरोपमा लुहारलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान सकेर फाइल जिल्ला अदालत पठाएकोमा अदालतले लुहार पुर्पक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरिएको छ । उनले अघिल्लो गत फागुन १६ गते भारतको नयाँ दिल्लीस्थित चाँदनीचोक नजिक सदर मार्केटमा मंगले लुहार सुतेको ठाउँमा गरेर सुतिरहेको अवस्थामा हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

उन हत्यापछि फरार रहेका अभियुक्तको नाममा गत चैत्र १५ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा मृतकका छोराले किटानी जाहेरी दिएका थिए । जाहेरी आएलगत्तै प्रहरी नायव उपरीक्षक (डीएसपी) चतुर्भुज ओझा आफैले अनुसन्धानमा सक्रियता देखाएका थिए । घटनास्थल मुलुक बाहिर रहेको कारण थप अनुसन्धानको लागि प्रदेश प्रहरी कार्यालय, धनगढी र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा नक्सालको समन्वयमा पारस्परिक कानुनी सहायता (MLA) ऐन, २०७० अनुसार भारतीय प्रहरीबाट घटनासँग सम्बन्धित सबुत प्रमाण र अनुसन्धानात्मक कागजात संकलन गरिएको थियो ।

घटनास्थलबाट प्राप्त सिसिटिभी फुटेजमा अभियुक्तको हत्यामा संलग्नता रहेको देखिएको डीएसपी ओझाको दाबी छ । उनकाअनुसार प्रतिवादीसँग जिल्ला महान्यायाधिवक्ता समक्ष लिएको बयानमा समेत पूर्व रिसीवी साँध्न हत्या गरेको साबिति बयान दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *