मन्दिर अगाडि उपमेयरकी उम्मेदवार चन्दको प्रतिज्ञा- ‘राजनीतिलाई कमाइ खाने भाँडो बनाउने छैन’

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा उपमेयरकी उम्मेदवार कु. लक्ष्मी चन्द (स्मारिका)ले राजनीतिलाई कमाइ खाने भाँडो नबनाउने प्रतिज्ञा गरेकी छन् । राम जानकी मन्दिरमा पुगेर यस्तो प्रतिज्ञा गरेकी हुन् ।

चन्द राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयरमा उठेकी छन् । नगरवासीलाई सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै चन्द्रले जनताको साथ पाउने विश्वाससमेत व्यक्त गरिन् । ‘आदरणीय शुक्लाफाँटा नगरपालिकाका आमाबुबा दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई  शुक्लाफाँटा नगरपालिका कि उपप्रमुख उम्मेदवार कु. लक्ष्मी चन्दको नमस्कार ! तपाईँहरूको सेवा गर्न र तपाईंहरुसँगै सहकार्य गर्न आइसकेकी छु, आशावादी छु,’ उनले भनेकी छन् ।

उपमेयरकी उम्मेदवार चन्दले राजनीतिलाई सेवा गर्ने थलो बनाउने प्रतिबद्धता जनाइन् । ‘हजुरहरूले मौका दिनुहुने छ भन्नेकुरामा हजुरहरुसँगै हातेमालो गर्ने उद्देश्यले यो जिन्दगीको यात्रामा अहिले सम्म यसरी कसम खाएकी थिएन, एउटा सन्तानकी आमा हुँ म पनि । जसलाई पनि आफ्नो सन्तानको माया हुन्छ,’ उनले भनेकी छन्, ‘आज भगवानलाई साक्षी राखी राम जनकी मन्दिरमा गएर कसम खाएकी छु अथवा शपथ लिएकी छु । राजनीतिलाई कमाइ खाने भाँडो नबनाएर सेवा गर्ने थलो बनाउँछु भनेर । जय राष्ट्रवाद, जय जननी, जय जनता !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *