कपनमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, नौ सय बिरामीले पाए लाभ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ स्थित कपनमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र काठमाडौंको सिनमंगलसि्थत काठमाडौं मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

स्थानीय शारदा एकेडेमीमा सञ्चालन भएको शिविरमा ९६२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १९३ जनाको रक्त परीक्षण, १६२ जनाको भिडियो एक्सरे र १५४ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २१ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३३ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *