प्रतिस्पर्धीलाई दुस्मन नसोचौँ : विश्वप्रकाश शर्मा (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउन आग्रह गरेका छन् ।

चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि ७ प्रस्ताव अघि सार्दै महामन्त्री शर्माले सवै दलहरु निर्वाचनमा सहभागी भएकाबेला चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउन आग्रह गरेका हुन् ।

हरेक दलले बिगतमा गरेका गल्ती गरेका कमी कमजोरीका बारेमा जनतासमक्ष आत्मालोचना गर्नुपर्ने र यसलाई नहोहराउने प्रतिवद्धता जनाउनुपर्ने उनले बताए । त्यस्तै उनले आपसमा गाली नगरी स्वस्थ र तथ्यपूर्ण आलोचना गर्न तथा निर्वाचनलाई स्वास्थ बनाउनका लागि सहकार्य गर्न आह्वान समेत गरे ।

शर्माले आचारसंहिताको पूर्ण पालना गर्न र अरुलाई पनि पालनाका लागि प्रेरित गर्न आग्रह गरेका छन् ।

मतगणनामा जिम्मेवार बन्न र मत परिणामलाई हार्दिक ढंगले स्वीकार गर्न पनि आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *