पालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दर्ता
सुर्खेत । दैलेखको भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले अध्यक्ष पदबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार बनेका छन् । बुढा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट पालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
तर, यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचमा भने बुढा अध्यक्षबाट राजीनामा दिँदै वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।
बुढाले भैरबी गाउँपालिका वडा नम्बर ७ कुसापानीमा एमालेबाट वडासदस्यको लागि उम्मेदवारी दर्ता गराएका ह्न । बुढाले पुनः पालिका अध्यक्षमा दोहोरिने आकांक्षा गरे पनि एमालेले उनलाई अध्यक्षमा नदोहोरा पछि वडा सस्दयमा उम्मेदवारी दिएका हुन् ।
बुढाले दैलेख जिल्ला समन्वय समिति प्रमुखको तयारीसहित सदस्यको उम्मेदवारी दर्ता गरेको खुलेको छ । दैलेखमा ११ स्थानीय तह रहेका छन् । एमालेले भैरबीको अध्यक्षमा सर्वराज महतारालाई उम्मेदवार बनाएको छ ।