बेलायती सांसदले संसद् बैठकमै पोर्न भिडिओ हेरेपछि…
मकालु खबर
२०७९ वैशाख १९ गते
काठमाडौँ । बेलायतमा संसद्मा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन् ।
६५ वर्षीय पेरिशले ‘पागलपनको क्षण’का लागि माफीसमेत मागेका छन् । आफूले संसद्मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेका छन् ।
यसअघि उनले घटनाप्रति स्वीकार गर्ने संकेत गरेका थिए । आफ्नो फोनमा भुलवश भिडिओ खुलेको हुन सक्ने उनको भनाई थियो । सदनमा पोर्नोग्राफी हेरेको आरोप दुई महिला सहकर्मीले सांसदमाथि आरोप लगाएका थिए ।
उनीहरूले आफ्नो नजिकै बसेर पेरिशले वयस्क सामग्री हेरिरहेको गुनासो गरेका थिए । यस विषयमा अनुसन्धान शुरु गरिएको छ ।
मकालु खबर
२०७९ वैशाख १९ गते
प्रतिक्रिया