भारतमा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिए
एजेन्सी । भारत २४ घण्टाको समयावधी अर्थात आइतबार मधयरातिसम्म तीन हजार १२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति थपिएका छन् ।
यो संगै कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८२ हजार ३४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार पाँचौ दिन हो । थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमति मध्ये ४७ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राष्ट्रिय राजधानी दिल्लीमा ५ हजार ९९७ सक्रिय सङ्क्रमित रहेका छन् ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २६ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८४३ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ५०० जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।
२४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म दुई हजार ७२३ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ३८ हजार ९७६ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएका छन् ।