एमाले ठाँटीकाँधले आचारसंहिता मिच्दै गर्याे चुनावी सभा
सुर्खेत । नेकपा एमाले दैलेखको ठाँटीकाँधले निर्वाचन आचारसंहिता मिच्दै चुनावी सभा गरेको छ । मंगलबार एमाले ठाँटीकाँध गाउँपालिका–२ उनिकोट डाँडामा गरेको बृहत चुनावी आम सभाको आचारसंहिता विपरित कार्यक्रम गरेको हो ।
एमालेले अन्य दलका पार्टीलाई शक्ति प्रर्दशन गर्ने भन्दै साना ५/६ वर्षका बालबालिकालाई चुनावी प्रचार–प्रसारमा लगाएर निर्वाचन आचारसंहिताको उल्लघन गरेको हो ।
निर्वाचन आयोग नेपालद्वारा जारी स्थानीय तह निर्वाचन आचारसंहिता, २०७२ मा बालबालिकासँग प्रत्यक्ष सम्वन्धित बुदाँ नं। ४ (ड) मा उल्लेखित ‘निर्वाचन प्रचार प्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ प्रावधान राखेको छ । तर, एमाले ठाँटीकाँधले भने यस आचारसंहिताको धज्जी उडाएको हो ।
नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष समेत रहेका विनोदकुमार शाहको गृह पालिका समेत रहेको ठाँटीकाँधमा बालबालिकाको चुनावी अभियानमा प्रयोग भएको हो ।
शाह प्रमुख अतिथि रहेका बृहत चुनावी आमसभामा साना बालबालिकाहरू चुनावी ¥यालीदेखि मञ्चसम्म धेरै मात्रामा रहेको देख्न सकिन्छ । एमालेका नारा लगाउनेदेखि पार्टीको झण्डा समातेर नारामा जिन्दावाद, जिन्दावाद भन्ने बालबालिकाहरू धेरै भएको फोटो तथा भिडिओमा देख्न सकिन्छ ।
उक्त कार्यक्रमा एमाले दैलेख जिल्ला कमिटि सदस्य कर्णबहादुर शाही तथा अन्य नेता कार्यकर्ताले बालबालिकालाई चुनावी नारामा नलाग्न आग्रह गर्नुको साटो उल्टै सभामा लगाएको स्थानीयको भनाई रहेको छ ।
एमाले ठाँटीकाँध गाउँपालिका कमिटि अध्यक्ष कुमारविक्रम शाहीले बालबालिकालाई कुनै पनि नियोजित तरिकाले प्रयोग नगरिएको बताए ।
उनले भने, ‘बालबालिका पनि मान्छे त हुन नी १ किन उनीहरूले आफ्नो अधिकार प्रयोग गर्न नपाउँने, बालकालिकालाई पनि रहर हुन्छ, कार्यक्रममा कलाकारहरू आएका हुन्छन, नेताहरू हेर्न पाहिन्छ भन्दै सभामा सरिक भएका हुन् । त्यस्तो कुनै गलत तरिकाले प्रयोग गरिएको हैन् ।’
शाहीले निर्वाचन आचारसंहितामा जे जस्तो भएपनि बालबालिकाको इच्छा र चाहाना अनुसार चुनावी सभामा सरिक रहेको जस्तो अभिव्यक्ति दिए ।
यस्तै, एमाले प्रदेश अध्यक्ष शाहले पालिकाको अध्यक्षमा आफ्नो श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्षको उम्मेदवार उठाएका छन् ।