नेपाल भारत सुरक्षा निकायको बैठक, सीमा नाकामा निगरानी र संयुक्त सुरक्षा गस्ती गर्ने

विराटनगर । नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले नेपालमा हुने चुनाव लक्षित योजना बनाएको छ ।

आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरि मोरङको सुन्दर हरैँचामा बसेको दुई देश बिचको सुरक्षा अधिकारीको बैठकले सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गर्ने निर्णय गरेको हो । सीमा वारपारमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्नको लागि टोली परिचालित गर्ने र संयुक्त गस्ती गर्ने सहमति भएको हो ।

झापा, मोरङ र सुनसरीका सुरक्षा अधिकारी र भारतको बिहार प्राप्तका सुरक्षा अधिकारीहरु बैठकमा सहभागी थिए । वैठकमा निर्वाचनको मौन अबधिमा भारतीय सञ्चार माध्यमले गर्ने प्रचारका बिषयमा सहजीकरण गर्न नेपाली अधिकारीहरुले अनुरोध गरेका छन् ।

वैठकमा निर्वाचनको ७२ घण्टाअघि नेपाल–भारत सीमा नाका शील गर्ने सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले बताए । आपसी समन्वयबाट लागुऔषध तथा हतियारको ओसारपसार नियन्त्रणमा लिने भनिएको छ । आसन्न स्थानीय तहको निर्वाचानको विषयमा भएको दुई देशका सुरक्षा अधिकारीको बैठकले वर्षा र बाढी सम्बन्धी सूचना आदानप्रदान गर्ने बिषयमा छलफल गरेको छ ।

वैशाख २७ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म नेपाल–भारत सीमा नाका शील गरिने र सवारीसाधन र मानिसको आवतजावतमा पूर्ण रूपमा रोक लगाउने सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

मोरङ र सुनसरी जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान सहित भारतका तर्फबाट अररिया जिल्लाका डिएम (डिस्ट्रिक मजिस्टेट) प्रशान्त कुमार, वीरगन्जस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयका प्रमुख नितेश कुमार लगायत १३ जना भारतीय सुरक्षा अधिकारी सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *