निर्वाचनमा खटिएका प्रहरीले कुटे मतदान अधिकृत
मकालु खबर
२०७९ वैशाख २९ गते
काठमाडाैँ । सुर्खेतमा निर्वाचन सुरक्षा खटिएका एक प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटेका छन् ।
सुर्खेतको पञ्चपुरी नगरपालिका(७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन् ।
भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन् ।
मकालु खबर
२०७९ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित