निर्वाचनमा पैसा बाँडेकाे आरोपमा मुस्लिम आयाेगका अध्यक्ष पक्राउ (भिडिओसहित)

काठमाडाैँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्सारीलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीताशरण होटेलबाट निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

अन्सारीलाई नियन्त्रणमा लिएपछि केही युवाहरूले होटल परिसरमा नाराबाजी गरेका थिए ।

२०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उहलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *