बझाङका दुई मतदानस्थलमा शंकास्पद वस्तु भेटियो

बझाङ । बझाङमा दुई स्थानका मतदानस्थलमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल नगरपालिका–८ महादेव माविको मतदानस्थल नजिकै बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।

नारायणवी मावि पिमीको मतदान केन्द्रमा भेटिएको ्प्रेसकुकर बम जस्तो देखिने उक्त वस्तु निष्कृय पार्न विरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ ।

महादेव मावि अठपाली मतदानस्थल नजिकै बाटोमा पनि रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको हो । त्यहाँ पनि सो वस्तु निष्कृय पार्नका लागि नेपाली सेना खटिएको बझाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *