डोटीका दुई केन्द्रमा मतदान स्थगित
मकालु खबर
२०७९ वैशाख ३० गते
धनगढी । डोटीका दुई ओटा मतदान केन्द्रमा मतदान रोकिएको छ । जिल्लाको शिखर नगरपालिका-७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र शिखर-८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान रोकिएको हो ।
मतदान गर्न आएका वृद्ध महिलाको मत उनीहरूका परिवारका सदस्यको सहयोगमा खसाले पछि उम्मेदवार बीच विवाद भएको थियो। राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा एक घण्टापछि मतदान पुनः सुरु भएको छ । लाटामाण्डौं माविको मतदान प्रक्रिया रोकिएको भने दुई घण्टा बितिसक्दा पनि सहमति जुट्न सकेको छैन ।
सो केन्द्रमा अहिलेसम्म ७२ मत मात्रै खसेको छ । जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर मतदान प्रक्रिया अगाडि बढाउने मतदान अधिकृत प्रकाशबहादुर आलेले बताए ।
मकालु खबर
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित