कञ्चनपुरमा मृतक र विदेशमा रहेका व्यक्तिका नाममा मतदान प्रयास, मतदान रोकियो
मकालु खबर
२०७९ वैशाख ३० गते
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
मृतक र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको नामबाट मतदान गर्न खोज्दा विवाद उत्पन्न भएपछि मतदान स्थगित गरिएको हो । यसरी मतदान गर्न खोज्ने व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिएको छ।
अहिले मतदान स्थल सुरक्षित गर्न सुरक्षा व्यवस्था कडा बनाइएको पुनर्वास नगरपालिकाकी निर्वाचन अधिकृत किरण जोशीले बताइन् ।
मकालु खबर
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित