दार्चुलाकाे शैल्यशिखरमा झडप, तीन राउन्ड हवाइ फायर
२०७९ वैशाख ३० गते
दार्चुला । दार्चुला जिल्लाकाे शैल्यशिखर नगरपालिका ६ स्थित पशुपति भवन ग्वानी केन्द्रमा झडप भएकाे छ ।
एकजना आफन्तकाे भाेट हालिदिने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूकाे बीचमा झडप भएकाे हाे ।
झडपका क्रममा मतदानस्थलमा ताेडफाेड भएकाे छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गर्नुपरेकाे स्थानीयले बताए ।
झडपपछि मतदान राेकिएकाे थियाे । सर्वदलीय बैठकपछि अहिले पुनः मतदान सुचारू भएकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
याे पनिः २५ वर्षअघि विजयसँग गाविस अध्यक्ष हारेका थिए अमर, के छ अहिलेकाे समीकरण ?
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित