धनकुटाको सहिदभूमि गाउँपालिका-६ मा मतदान स्थगित

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा मतदान स्थगित भएको छ । ठाकुरदेवी माध्यमिक विद्यालय र वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको हो ।

मतदान प्रक्रियाको विषयमा दुबै पक्षवीच भएको विवादले केही समयका लागि मतदान कार्य स्थगित गरिएको धनकुटाका प्रहरी प्रवक्ता  चिरञ्जिवी दाहालले जानकारी दिए ।

मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेको अवस्थामा बाहिरको वातावरण होहल्ला र हुलदंगा भएको थियो । मतदाता नामावलीमा नाम नभएका व्यक्तिहरुले पनि मतदान गरे भन्ने आशंकाले विवाद सुरु भएपछि मतदान स्थगित गरिएको थियो ।

मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा मतदान स्थगित भएको हो ।

स्थगित हुनुभन्दा अघिसम्म तीन वटै केन्द्रमा करिव २० प्रतिशत भोट खसेको थियो ।

हाल प्रमुख जिल्ला अधिकारी, प्रमुख निर्वाचन अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रमुख घटनास्थल पुगेर विवादको विषयमा छलफल गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *