टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्तिको अग्रता
मकालु खबर
२०७९ वैशाख ३१ गते
धनगढी । कैलालीको टीकापुर नगरपालिकामा प्रारम्भिक नतिजामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।
१०० मतगणना गर्दा मेयरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा थारुले ३४, एमालेका श्याम खत्री मेयरले १८ र गठबन्धनबाट कांग्रेसका नवराज रावलले १६ मत पाएको छ ।
यस्तै उपमेयरमा नागरिक उन्मुक्तिका उपमेयरमा उल्कादेवी विश्वकर्माले ३३, एमालेका उपमादेवी केसीले ९ र गठबन्धनका तर्फबाट माओवादीका खडक शाहले १३ मत पाएको छ । टीकापुरमा कांग्रेसले मेयर र माओबादी केन्द्रले उपमेयर लिएर तालमेल गरेका छन् ।
५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा ३१ हजार २९३ मत खसेको छ ।
मकालु खबर
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित