तनहुँका दुई पालिकामा एमाले र माओवादीको अग्रता
तनहुँ । स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा (माओवादी) केन्द्रले अग्रता लिएको छ । प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ । नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले ४६८ र नेपाली कांग्रेसका मायादेवी रानाले ३४४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै रत्ना घिमिरेले ३७४ र नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले ४१६ मत प्राप्त गर्नुभएको छ ।
घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका होमबहादुर थापाले ३०० मत प्राप्त गरेका छन् भने कांग्रेसका गङ्गा कुमाले १७५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी राधा अधिकारीले ३१२ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पूर्ण थापाले १३६ मत प्राप्त गरेका छन् ।
बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्णसिं थापाले ३५०, एमालेका सुरेन्द्र थापाले २९८ र नेपाली कांग्रेसका धु्रवलाल प्रधानले २६१ मत प्राप्त गरेका छन् । भिमाद नगरपालिकामा पनि मतगणना सुरु भए पनि मतपरिणाम सार्वजनिक भएको छैन । ऋषिङ गाउँपालिकामा बिहान १०ः३० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको थियो । शुक्लागण्डकी नगरपालिकामा पनि मतगणनाको तयारी थालिएको छ भने भानु नगरपालिकामा सर्वदलीय बैठक बस्दैछ ।