धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडाैँ  । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । १ हजार ९५३ मतगणना हुँदा हमालले ९ सय ९ मत पाएका छन् ।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ सय ५२ र नेकपा एमालेका रणबहादुर चन्दले ८३ मत पाएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले लिड गरेकी छिन् ।

मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो ।

चासोको साथ हेरिएको उपमहानगरपालिको मतगणनास्थल बाहिर पनि कडा सुरुक्षा व्यवस्था गरिएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *