सुनसरीको बराहक्षेत्र नगरपालिकामा विवादका मतगणना अवरुद्ध
मकालु खबर
२०७९ जेठ १ गते
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना कार्य रोकिएको छ ।
मतगणनाका क्रममा केही असमझदारी भएपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए ।
उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको मतलाई कांग्रेस उम्मेदवारले पाएको मतका रुपमा गणना गर्न माग भएपछि विवाद भएको हो ।
बराहक्षेत्रमा एमालेको तर्फबाट नीलम खनाल, गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की उठेका छन् भने उपमेयर पदमा माओवादी केन्द्रका अमित गौतम उठेका छन् ।
एमाले उम्मेदवार नीलम खनालले ६७८ मत ल्याउँदा कांग्रेसका रमेश कार्कीले ५७२ मत पाएका छन् ।
सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्ने प्रयास भइरहेको श्रेष्ठले बताए ।
मकालु खबर
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित