लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मेजर निर्वाचित
मकालु खबर
२०७९ जेठ १ गते
उदयपुर । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मेजर राई निर्वाचित भएका छन् ।
राईले २ हजार ५१ मत प्राप्त गरेका छन् भने उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार राजकुमार राईलाई ४ सय ६२ मतान्तरले पराजित गरेका हुन् ।
उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका छन् ।
उपाध्यक्ष निर्वाचित राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी नेकपा(एमाले)की देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याएकी छन् ।
५ वटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकामा माओवादीका जनदिप थापामगर, माओवादीकै जितेन राई, स्वतन्त्र गुरुमणि कुमाई, जनता समाजवादी पार्टीका क्षत्रबहादुर राई र नेपाली कांग्रेसका कविचन्द्र राई क्रमशः निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मकालु खबर
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित