संसद्को बजेट अधिवेशन सहज रुपमा सञ्चालन हुन्छ : सापकोटा (भिडिओ सहित)
मकालु खबर
२०७९ जेठ २ गते
काठमाडौँ । सभामुख अग्नि सापकोटाले संसद्को बजेट अधिवेशन सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।
सोमबार संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले बजेट अधिवेशन निकै महत्वपूण रहेको भन्दै सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गरे । यसअघि एमालेले लगातार संसद बैठकमा विरोध गर्दै आएको छ । सभामुख सापकोटाले बजेट अधिवेशनअघि सदनलाई सहज रुपमा सञ्चालन गर्न दलका प्रतिनिधिहरुसंग छलफल गर्ने बताए ।
उनले बजेट अधिवेशन मूल रुपमा बजेटमै केनि्द्रत हुने भएपछि सुरुमा केहि अध्यादेश पेशहुने बताए । सभामुख सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगलाई अघि बढाउने बिषयमा भने बिषयमा कार्यव्यवस्थामा छलफल हुने धारणा राखे ।
मकालु खबर
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित