रसुवाको कालिका गाउँपालिका अध्यक्षमा कांग्रेसका देवकोटा विजयी

रसुवा । रसुवाको कालिका गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार हरिकृष्ण देवकोटा २६२२ मत ल्याई विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कमलनाथ आचार्यले २२८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्ष पनि कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसकी उम्मेदवार मिरा तामाङ २८१० मतसहित निर्वाचित हुँदा एमालेकी उम्मेदवार अम्बिका भट्ट पौडेलले २००२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *