धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ५६५९ मतान्तरले अगाडि
मकालु खबर
२०७९ जेठ ४ गते
काठमाडाैँ । कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना भएको छ ।
बिहान सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १० हजार ८२५ मत पाएका छन् ।
यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन् । हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर छ ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत पाएका छन् ।
मकालु खबर
२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित