कैलालीको रानीजमरा र कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाका लागि बजेट विनियोजन
मकालु खबर
२०७९ जेठ १५ गते
धनगढी । सरकारले कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजना र कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाका लागि पनि बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट भाषणा गर्दै अर्थमन्त्री जनार्दन शर्माले यी दुई ठूला आयोजनाका लागि बजेट विनियोजन गरेको बताएका हुन् ।
उनले रानीजमारा सिँचाइ आयोजनाका लागि आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने उनले बताए ।
त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
मकालु खबर
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित