विमान दुर्घटनामा ज्यान गुमाउनेमा धनगढीका एक दम्पत्ति पनि

धनगढी । मुस्ताङको थासङमा भएको तारा एयरको विमान दुर्घटनमा परी ज्यान गुमाउनेमा धनगढीका एक दम्पत्ति पनि रहेको पुष्टि भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-१४ ‘एच गाँउ’ फुलबारीका पुरूषोत्तम गोले र उनकी श्रीमती तुलसीदेवी तामाङ विमान दुर्घटनामामा परेका हुन् ।

गलैचा उद्योगको संचालन गरी काठमाडौँ बस्दै आएका गोलेले धनगढी उपमहानगरपालिका १४ ‘एच गाँउ’ फूलबारीमा सिद्धार्थ आधारभूत विद्यालय स्थापना गरेका थिए । समाजिक अगुवाका रूपमा पहिचान बनाएका गोलेले विद्यालय स्थापनका बखतमा नि:शुल्क रूपमा शिक्षक भएर सेवा समेत दिएका थिए ।

सामाजिक अगुवा दम्पत्तिको निधन भएपछि ‘एच गाउँ’ शोकमा परेको स्थानीय महेश गोले तामाङले बताए । उनका तिन छोरा र तिन छोरी छन् । उनीहरू मुक्तिनाथ दर्शन गर्न जाँदै थिए ।

उनीहरू एकै परिवारका सात जनामध्येकै सदस्य हुन् । राजा वीरेन्द्रको कार्यकालमा २०३६ सालमा उनीसँगै ९७ घर धुरी धनुषाबाट बसाइँसराइ गरी कैलाली आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *