सुन्दर हरिजन आत्महत्याबारे छानबिन गर्न सरकारले गर्‍याे समिति गठन

काठमाडाैँ । सरकारले रोल्पा कारागारमा आत्महत्या गरेका सुन्दर हरिजनकाे घटनाकाे छानबिन गर्न समिति गठन गरेकाे छ ।

सरकारले घटनाबारे सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाइको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेकाे हो ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।

समितिलाई घटनाबारे सत्यतथ्य पत्ता लगाई एक साताभित्र प्रतिवेदन पेश भनिएको गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *