सिभिल बैंकको डेपुटी सीईओमा सचिन जङ्ग रायमाझी नियुक्त

काठमाडौँ । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका सचिन जङ्ग रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले १८ जेठदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंकबाट बैंकिंग शुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंक)मा गरी कुल २१ वर्षको बैंकिङ अनुभव रहेको छ । विगत साढे ४ वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख सञ्चालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भूमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पु¥याउने अपेक्षा गरेको बैंकले जनाएको छ ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जङ्ग रायमाझीले बैंकमा पु¥याएको योगदानको उच्च कदर गर्दै बैंकको सञ्चालक समितिले उनलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *