सेञ्चुरी बैंकको नयाँ शाखा पथरी र इनरुवामा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले थप दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको पथरी शनिश्चरे नगरपालिका १ मा पथरी शाखा र सुनसरीकोे इनरुवा नगरपालिका–१, भगवतीरोडमा इनरुवा शाखा सञ्चालनमा ल्याएको हो ।

पथरी शाखा बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्वापाले पथरी शाखाको संयुक्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य अभिषेक बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष आशा राई, पथरी शनिश्चरे वडा नं १ का वडा अध्यक्ष भिमकुमार राई, इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेका राजेन्द्र कुमार पौडेललगायत बैंकका कर्मचारी तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।

साथै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बज्राचार्य र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, इनरुवा नगरपालिकाका उपमेयर विनिता मेहता, इनरुवा नगरपालिकाका पूर्व मेयर गोपाल कोइराला, इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटल, बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति थियो ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

थप दुई शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *