कामना सेवा विकास बैंकद्वारा विद्यमशीलता विकास कार्यक्रम सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंकले अन्तरप्रेरणासँगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवद्र्धनको उद्देश्यका साथ उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले १६ जेठमा उक्त कार्यक्रमका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो ।

कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढुङ्गेल, तालिमका सहभागिलगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले उद्यमीलाई प्रोत्सान गर्न र नेपालमा रहेको असीमित अवसरलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन यस्तो कार्यक्रमको आयोजना गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *