माधवले भने- ‘वाम एकता सम्भव छैन’
सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।
कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका हुन् ।
यस्तै, अध्यक्ष नेपालले आफू र आफ्नो पार्टी कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने र अहंकारी र षडयन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै आफूलाई कुनै लालच नभएको प्रस्ट पारे ।
नेपालले तत्काल बाम एकता सम्भव नभएको बताएका छन् । अहिले एमाले, माओवादी र समाजवादीबीच तालमेल हुनसक्ने भनेर बाहिर जुन खालका कुराहरू आएका छन्, त्यो सम्भव नभएको उनले टिप्पणी गरेका हुन् ।
नेपालले आगामी आर्थिक वर्षको बजेटमा धेरैले चुनावमुखी भएको भनेता पनि उक्त बजेट चुनावको समयमा आएकोले आरोप लगाएको बताए ।