नमस्ते पेद्वारा स्मार्ट क्यूआर सेवा सुरु

काठमाडौँ । नमस्ते पेले नेपालभर सबै स्मार्ट क्यूआर व्यापारीहरूमा उपलब्ध क्युअ क्युआर आधारित भुक्तानी सेवा सुरु गरेको छ ।

यी सबैको साथ, नमस्ते पे प्रयोगकर्ताहरूले अब ‘स्क्यान एन्ड पे’ सुविधा प्रयोग गनट सक्छन् र स्मार्ट च्वाइस टेक्नोलोजी (एसटीसीद्वारा) स्मार्ट क्युआर स्वीकार गर्ने आउटलेटमा क्युआर आधारित भुक्तानीहरु ग्र्न सक्छन् । स्मार्ट पे क्युआरमा नेपालभर १ लाख ६० हजार व्यापारीहरूको नेटवर्क छ ।

नमस्ते पे वालेट प्रयोग गरेर स्मार्ट क्यूआर मार्ट त गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत (रु. ३०० सम्म) आकर्षक छुट प्राप्त गर्न सकिने छ । भविष्यमा स्मार्ट क्युआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु छिट्टै नै आउने जानकारी समेत स्मार्ट क्युआर नेटवर्क सञ्चालक, स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड र नमस्ते पे वालेट सञ्चालक नेपाल डिजिटल पेइमेन्ट कम्पनी लिमिटेडले जनाएका छन् ।

नेपाल डिजिटल पेइमेन्ट कम्पनी लिमिटेड नेपालकै सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो ।

नमस्ते पे नगदरहीत समाज सिर्जना गर्न समर्पित छ । आधुनिक सेवाहरु प्रदान गरेर बैंक र डिजिटल रुपमा शिक्षित मानिसहरुलाई मात्रै होइन बैंकविहीन जनतालाई पनि उपलब्ध गराउने उद्देश्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *