जनकपुरधाम कार्यपालिका सदस्यमा कांग्रेसका छ, एमालेका दुई जना निर्वाचित
मकालु खबर
२०७९ जेठ २१ गते
धनुषा । जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट छ र नेकपा एमालेका दुई उम्मेदवार निर्वाचित भएका छन् ।
कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा कांग्रेसबाट राकेशविक्रम साह र एमालेबाट सन्तोषकुमार महतो र दीपेन्द्रकुमार साह निर्वाचित भए ।
महिला सदस्यमा कांग्रेसकी फूलकुमारी देवी, मनिषाकुमारी देवी, सारदा पन्त, शैलकुमारी चौधरी र संजू देवी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नगरपालिकामा निर्वाचित भएका महिला सदस्यमध्ये पाँच महिला र बाहिरबाट तीन गरी आठ जनालाई कार्यपालिका सदस्यमा राख्ने प्रावधान रहेको छ । -रासस
मकालु खबर
२०७९ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित