खुकुरी रमद्वारा वातावरण संरक्षणका लागि ५ बुँदे प्रतिवद्धता सार्वजनिक

काठमाडौँ । नेपाल स्थापित र प्रसिद्ध मदिरा ब्राण्ड खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टिलरिज प्रालिले वातावरण सरक्षणका लागि आफ्ना प्रतिवद्धता सार्वजनिक गरेको छ । विश्व वातावरण दिवसका अवसरमा आइतबार कम्पनीले ५ बुँदे प्रतिवद्धता जारी गरेको हो ।

कम्पनीले उत्पादनका क्रममा निष्काशन हुने फोहर मध्ये ९८ प्रतिशत फोहर व्यवस्थापन गरिसकेको, आगामी ३ वर्षभित्र शतप्रतिशत फोहर व्यवस्थापन गरिसक्ने प्रतिवद्धता जनाएको छ ।

त्यस्तै, उपत्पादनको प्याकेजिङमा पुनः प्रयोग गर्न मिल्ने बोटलहरु प्रयोग गरिएको र उक्त बोतल संकलन गरिरहेको जनाएको छ । वितग २ वर्षदेखि नेपाली सेनासँग सहकार्य गरी हिमाल सफाइको काम गर्दै आएको र यो कामलाई निरन्तरता दिने प्रतिवद्धता कम्पनीको छ ।

यस्ता छन् कम्पनीले जनाएका ५ बुँदे प्रतिवद्धता
१. हामीले हाम्रा उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेका छौँ । यसलाई आगामी ३ वर्षभित्रमा सत्प्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गर्दछौँ ।

२. हामी सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्नेछौँ । अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेका छौँ ।

३. हामी हाम्रा बोतलहरु पुनः प्रयोग गर्नेछौँ । हाल हाम्रा उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेका छौँ । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत हामी अग्रसर छौँ । हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन् ।

४.हामी ग्रीन इनर्जीमा समेत काम गरिरहेका छौँ । आगामी तीन वर्षभित्रमा हामी ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याइसक्नेछौँ ।

५.एनडिपीएलले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको छ । आगामी दिनहरुमा समेत यो सहकार्य(अभियान) जारी राख्ने प्रतिबद्धता गर्दछौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *