रघुपति जुट मिल हिरक जयन्तीको अवसरमा विभिन्न कार्यक्रम
काठमाडौँ । रघुपति जुट मिल्स लिमिटेडले आफ्नो स्थापनाको ७५ औँ वर्ष वा हिरक जयन्ती मनाउने क्रममा शनिबार उद्याेगगकाे क्षमता विस्तारका लागि नयाँ भवनकाे उद्घाटन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले शनिबार विराटनगर रानीस्थित उद्योग परिसरमा उद्योगको क्षमता वृद्धिका लागि नयाँ भवनको शिलान्यास गर्दै वृक्षारोपण गरेका हुन् ।
कार्यक्रममा मन्त्री बडूले अर्गनाइजेसनअन्तर्गत हनुमान इण्डष्ट्रिज प्रालिमा ५८ वर्ष अघिदेखि सेवा गरेका र रघुपति जुट मिल्स लिका सञ्चालक रहेका मोहनलाल राखेचा एवं ५१ वर्षदेखि निरन्तर मेट (जुट पहिचानकर्ता ) पदमा कार्यरत मो जफ्फर लाई दोसल्ला ओढाई सम्मान–पत्रद्वारा सम्मान गरेका थिए ।
उक्त अवसरमा मन्त्री बडू उद्योगको निरीक्षण गर्दै समग्र उद्योगको विकास र हितका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव डा. नारायण रेग्मी, उप–सचिव दूर्गा भूसाल, नेपाल उद्योग वाणिज्य महासंघ १ नं. प्रदेशका अध्यक्ष टिकाराज ढकाल, उपाध्यक्ष एवं प्रदेश सरकार सल्लाहकार राजेन्द्र राउत, नेपाल जुट उद्योग संघका अध्यक्ष एवं रघुपति जुट मिल्सका सञ्चालक राजकुमार गोल्छाले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाल जुट उद्योग संघका उपाध्यक्ष रमेश राठी, रुघुपति जुट मिल्सका सञ्चालक अश्विनी गोल्छा, लगायतको उपस्थिति रहेको थियो ।