रक्सी उद्योगमा आगलागी हुँदा ३ करोड बराबरको क्षति
मकालु खबर
२०७९ जेठ २३ गते
धगनढी । कैलालीको एक रक्सी उद्योगमा आगलागी भएको छ । जिल्लाको चुरे गाउँपालिका-३ सहजपुरस्थित मारभट्टी बजारस्थित मनसुन वाइन ईण्डष्ट्रिजमा आगलागी भएको हो ।
सोही ठाउँका पृथ्वीविक्रम शाहको रक्सी उद्योगमा राति १२ बजेको समयमा फोहोरमैलामा लगाएको आगो सल्केर आगलागी भएको बताइएको छ ।
आगलागीबाट कम्पनीमा पूर्ण रुपमा क्षति पुग्न गई त्यहाँ रहेको ५९ हजार लिटर रक्सी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार अन्दाजी ३ करोड बराबरको क्षति भएको छ । आगो राति साढे १ बजे नियन्त्रणमा आएको प्रवक्ता जोशीले बताए ।
आगो निभाउने क्रममा उक्त कम्पनीमा काम गर्ने काठमाडौं महानगरपालिका-८ बालाजु घर भएका ४३ वर्षीय दीपक बस्नेत घाइते भएका छन् । उनको चुरे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएका छ ।
मकालु खबर
२०७९ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित