कामना सेवा विकास बैंकद्वारा डिजिटल बैकिङ्ग प्रवर्द्धन सुरु

काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकलाई डिजिटल बैंकिङ्गसम्बन्धी जानकारी तथा यसको उचित प्रयोगसम्बन्धी ज्ञान प्रदान गर्न जुममार्फत गत शनिबार अनलाइन वेविनार कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जालमार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराएका थिए ।

साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो ।

बैंकले आफ्नो वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम सञ्चालन गरेको र आगामी दिनमा पनि थप प्रभावकारी रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *