हिमालयन डिष्टिलरीद्वारा समता शैक्षिक गुठीलाई २५ लाखको सहयोग

काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । कम्पनीको सम्पर्क कार्यालय जावलाखेल ललितपुरमा एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग रकमको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले सम्मानित व्यक्ति तथा वरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तमकुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरणजस्ता सामुदायिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको कम्पनीले चालू वर्षमा शिक्षा क्षेत्रका लागि सामाजिक उत्तरदायित्व अन्ततर्गत छुट्याइएको रकमबाट उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

गुठीले देशभर ८४ विद्यालय सञ्चालन गरिहेको छ । यसमा १ देखि स्नातकोत्तरसम्मका शैक्षिक कार्यक्रम सञ्चलनमा रहेको संस्थाले जनाएको छ । करिव ७० हजार विद्यार्थी लाभान्वित भएको गुठीले जनाएको छ ।

यो गुठीले प्रतिविद्यार्थी प्रतिमहिना एक सयका दरले शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदूरका सन्तान, टुहुरा तथा सडक बालबालिकालाई अध्यापन गराइरहेको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद पोखरेल र कम्पनी सचिव निशा निरौलालगायतको समेत उपस्थिति थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *