‘आइएमई पे’ मार्फत ‘फुडमान्डु’को भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ अन्तर्गत सञ्चालित ‘आइएमई पे’ र ‘फुडमान्डु’बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार २३ जेठदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको हो । ‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरेपछि सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउने जनाएको छ । यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने पनि कम्पनीले जनाएको छ ।

यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने आइएमई पेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *