विद्युतीय माध्यमबाट बीजक जारी गर्नेबारे परामर्श

काठमाडौँ । विद्युतीय माध्यमबाट बीजक (ई–बिलिङ) जारी गर्ने विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग भेट गरी सम्वद्ध विषयमा आवश्यक परामर्श गरेको हो ।

आन्तरिक राजव विभागले हालै आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरणमध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताले अनिवार्य रुपमा विद्युतीय विजक जारी गर्नुपर्ने व्यवस्था गरेको सूचना निकालेको छ । सोही विषयमा देखिएको अस्पष्टताबारे महासंघका अध्यक्ष शाक्यले जिज्ञासा राखेका थिए ।

त्यसक्रममा विभागका महानिर्देशक शाक्यले विद्युतीय माध्यमवाट बीजक जारी गर्ने विषयमा थप प्रष्ट पार्दै विभागका महानिर्देशक शाक्यले १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका कर दाताले अनिवार्य रुपमा विद्युतीय विजक जारी गर्नुपर्ने व्यवस्था गरिएको प्रष्ट पार्दै यसले लेखा प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुर्याउने बताए ।

उनका अनुसार यो व्यवस्थाअनुसार विद्युतीय विजक जारी गर्दा त्यो केवल व्यवसायीको लेखा प्रणालीमा मात्रै आवद्ध हुने छ । यसले व्यवसायीलाई विद्युतीय कारोबार गर्ने वानी वसाल्ने उनको भनाइ छ ।

महानिर्देक शाक्यसँगको भेटका क्रममा महासंघका उपाध्यक्ष विपिन रामुदामुलगायको उपस्थिति थियो । त्यसक्रममा सुनचाँदी व्यवसायका विभिन्न पक्षमाथि छलफल भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *