अछाम किशोर मृत्यु प्रकरण : पाँच दिनपछि उठ्यो शव

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १७ वर्षीय किशोर विनोद शाहीको शव पाँच दिनपछि उठाइएको छ ।

मृतकका आफन्त र प्रहरी प्रशासनबिच सहमति भएपछि शव उठाइएको हो । शवको पोस्टमार्टम गर्ने र किटानी जाहेरी दर्ता नभएसम्म मृतकका आफन्तले शव नबुझ्ने लिखित सहमति भएको छ ।

सहमति भएसँगै किशोरको शव पोस्टमार्टमका लागि मंगलसैनस्थित जिल्ला अस्पतालमा लगिँदै छ ।

१७ जेठमा बेपत्ता भएका विनोदको शव २१ गते घर नजिकैको कुच्ची भिरको खोँचमा भेटिएको थियो । मृतकका परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी गर्न खोज्दा प्रहरीले दर्ता नगरको भन्दै उनीहरूले शव उठाउन दिएका थिएनन् ।

नेकपा एमालेले नेपाली काँग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाएका छन् । तर काँग्रेसले भने त्यसलाई खण्डन गरेको छ । प्रहरीले शाहीको हत्या आरोपमा मंगलबार साँझ नै पाँच जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *