जिसस जाजरकोटको प्रमुखमा गठबन्धनका खत्री निर्विरोध

सुर्खेत । जिल्ला समन्वय समिति जाजरकोटको प्रमुखमा गठबन्धनका उम्मेदवार निर्विरोध भएका छन् ।

बुधवार सम्पन्न निर्वाचनमा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका कालीबहादुर खत्री निर्विरोध निर्वाचित भएका हुन् ।

जिससको उप–प्रमुख नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह निर्वाचित भएका छन् ।

यस्तै, सदस्यमा नेपाली कांग्रेसबाट खड्कबहादुर बुढा, चित्रप्रसाद शर्मा, जितबहादुर रोकाय, बिन्दु शाही र पानसा सिंह निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट जिसस सदस्यमा नन्दकला विक विनीता नेपाली रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *