हिमाल सफाइ अभियानमा जेजीआई फाउण्डेसनको सहयोग

काठमाडाैँ । जेजीआई नेपाल फाउण्डेसन ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली सेनाको हिमाल सफाइ अभियानलाई १५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

नेपाली सेनाले अन्य सरकारी निकाय, र निजी क्षेत्रहरुसंगको सहकार्यमा दुईवटा हिमाल सफाइ अभियान (२०१९ र २०२१) सफलतापूर्वक सञ्चालन गरेको छ । यसैगरी पर्वतीय सरसफाइको अभियान २०२२ मा नेपालको चार हिमालय ( सगरमाथा, ल्होत्से, कञ्चनजङघा र मनास्लुुबाट) ३५ टन हिमाली फोहोर संकलन गरी पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ ।

जेठ २२ गते विश्व वातावरण दिवसको दिन यो हिमाल सफाइ अभियान २०२२ सफलता पुुर्वक सम्पन्न भएको थियो । जेजीआई नेपाल फाउण्डेसन श्री विजयकुमार शाह र जावलाखेल गु्रप अफ इन्डस्ट्रीजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  कार्य गर्नका निमित्त स्थापना गरेको संस्था हो ।

शिक्षा, स्वास्थ्य,खेलकुद, सामाजिक सहयोग, लैङ्गिक समानता र वातावरणको क्षेत्रहरुमा यस संस्थाले मद्दत गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *