साताको पहिलो कारोबार दिन झण्डै १६ अंकले घट्यो नेप्से
मकालु खबर
२०७९ जेठ ३० गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
यस दिन सेयर बजार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा ओर्लिएको छ । यस दिन सूचीकृत कम्पनी मध्ये १४३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ९९ करोड ८६ लाख ७४ हजार २ सय ६२ रुपैयाँमा २९ लाख २० हजार ७ सय ५ कित्ता सेयर कारोबार भयो ।
यस दिन सबैभन्दा बढी बलेफी हाइड्रो पावर लिमिटेड, ग्रिन भेन्चर्स लिमिटेड, युनिलिभिर नेपाल लिमिटेड, आँधीखोला लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनीलगायत कम्पनीको सेयरमूल्य बढेको छ ।
त्यस्तै, मानुषी लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटेल लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावरलगायत कम्पनीको मूल्य घटेको छ ।
मकालु खबर
२०७९ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित