नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोकियो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको छ । यी दुई बैंकले एकापसमा गाभिने निर्णय गरेपछि यिनिहरुको सेयर कारोबार रोक्का गरिएको हो ।

एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि सेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलले यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक एकापसमा गाभिने सम्बन्धमा समझदारीमा हस्ताक्षर भएको जानकारी दिए।

सोही निर्णयका आधारमा कारोबार रोक्काका लागि नेप्सेलाई आग्रह गरिएको हो । दुई बैंक मर्जपछि सबैभन्दा ठूलो बैंक बन्नेछ । एकापसमा गाभिएपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने भएको छ ।

आगामी असोज मसान्तसम्म भने एकीकृत कारोबार गर्ने तयारी भएको सचिव पोखरेलले जानकारी दिए । यी दुई बैङ्क मर्जपछि बन्ने बैंकको कूल चुक्तापूँजी रु ३२ अर्ब ८१ करोड हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *