ज्योति विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट
काठमाडौँ । ज्योति विकास बैंकका ग्राहकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकारको सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।
कम्पनीले केबलकार टिकटमा बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता बैंकसँग गरेको हो ।
सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन् । बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सो छुटको लाभ उठाउन पाउने छन् ।
यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायसँगको सहकार्यमा ग्राहकलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ ।
ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ।