कुमारी बैंकका ग्राहकलाई बुटवलको ड्रिमल्याण्ड होटेलको सेवामा छुट
मकालु खबर
२०७९ जेठ ३० गते
काठमाडौँ । कुमारी बैंकका डेबिड तथा क्रेडिट कार्डबाहक ग्राहकले बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलको सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
कुमारी बैंक र होटलका उक्त छुट प्रदान गर्ने समझदारी भएको हो । सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य र ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरे ।
डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्न निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको बैंकले जनाएको छ ।
बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा ३० प्रतिशत र खानपानमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाइएको छ ।
मकालु खबर
२०७९ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित