शिखर शुजले बजारमा ल्यायो ५० भन्दा बढी नयाँ मोडलका जुत्ता
शिखर शुज इन्ड्रष्ट्रिज प्रालिले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ । कोरोना महामारीका कारण विगतमा बजार सुस्ताएको थियो । पछिल्लो समय दैनिक जनजीवन धेरै मात्रामा सहज भएपछि प्रालिले एकै पटक ५० भन्दा बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार अहिले महिला, बृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्टस् शुहरु हल्का, लचकदार रहको शिखर शुजले जनाएको छ ।
विगत २५ वर्षदेखि कम्पनीले उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको विभिन्न मोडलका जुत्ता तथा चप्पल आम नेपाली ग्राहकमाझ ल्याई देशवासी सबैको मनमा बस्न सफल शिखर शुका उत्पादन अत्यन्त हल्का र आरामदायी रहेको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताए ।
शिखर शुका स्पोर्टस शुहरु सम्पूर्ण उमेर समूहका लागि उपयुक्त रहेको र सुपथ मूल्यमा पाइने भएकाले धेरै नेपालीको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ ।
विगत लामो समयदेखि विभिन्न किसिमका स्कुल शु, कलेज शु, पार्टीका साथै लेडिज शु उत्पादन गर्दै आएको नेपालको नम्बर १ फुटवेयर ब्राण्ड शिखर शुले आफ्ना ग्राहकको रोजाइलाई ध्यान दिएर ४० भन्दा बढी मोडलका जुत्ता बजारमा ल्याएको जनाएको छ ।