सेयर बजार २९ अंकले घट्यो

काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन सेयर बजार (नेप्से) परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ बिन्दुमा आइपुगेको छ ।

यस दिन १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रुपैयाँमा ४१ लाख ८२ हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री भएका छन् । १ सय ७३ कम्पनीका सेयर मूल्य घटेका छन् । २० कम्पनीका सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर भएको छ ।

आँधी खोला लघुवित्त, सीवाइसी नेपाल लघुवित्त, मितेरी डेभलपमेन्ट बैंकलगायत कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, बलेफी हाइड्रो, लाइफ इन्स्योरेन्स कर्पोरेशन, माउन्टेन हाइड्रोलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *