भौतिक पूर्वाधारमा प्रदेश सरकारको १२ अर्ब ४१ करोड, प्रदेश सांसदलाई १ करोड

विराटनगर । प्रदेश १ सरकारले सडक पूर्वाधार तथा सहरी विकासको लागि १२ अर्ब ४१ करोड ४२ लाख विनियोजन भएको छ ।

प्रदेश १ सरकारको तर्फबाट आगामी आर्थिक वर्षको २०७९।८०को लागि बजेट प्रस्तुत गर्दै प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सो बजेट विनियोजन गरेको बताए ।

८६ लोक मार्गमा प्राथमिकतामा राखी ५ अर्ब बजेट व्यवस्था गरिएको उनले प्रस्तुत गरे । गाउँपालिकासँग सदरमुकाम जोड्ने रणनीतिक सडकलाई प्राथमिकतामा राखी ४४ करोड रकम विनियोजन गरेको छ।

१०० वटा झोलुंगेपुलका लागि २० करोड व्यवस्थापन गरिएको छ। दातृ निकायको सहयोगमा ग्रामीण पहुँच सुधार कार्यक्रमको १० करोड र १० बेलीब्रीजलाई ८ करोड व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

सुनसरीको ट्यांङ्ग्रा खोलालाई बुढी खोलामा हालिने । मोरङको केशल्या र सिँगिया खोला तटबन्ध निर्माण, विराटनगरको डुबान समस्या समाधानको लागि सम्भाव्यता अध्ययन गरिने भनिएको छ।

विगतदेखि सञ्चालित जनता आवास कार्यक्रमको लागि २ हजार ४ सय घर निर्माण पूरा गर्नको लागि २५ करोड छुट्टाएको छ । प्रदेश सांसदको लागि स्थानीय तह निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको लागि ९० करोड बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *